Wednesday, April 20, 2011

Yo Desha Ka Neta Timi (irony to the nepalese political leaders)



यो देशका नेता तिमी

सबको कुरा मानीदिने
झुक्याई छिर्के हानीदिने
झुट्टो कुरा लेखीदिने
नभा कुरा देखीदिने
कलीयुगका केटा तिमी
यो देशका नेता तिमि
वाहीर गुनगान गाईदिनी
भित्र आगो लाईदिनी
साथी भाईको खुट्टा तानी
एक्लैएक्लै माथी जानी
सन्के आँखा लाईदिनी
छलछाम गरी खाईदिनी
देख्नै नपाई बोल्दीने
गोप्य कुरा खोल्दीने
कलियुगकी केटी तिमी
यो देशकी नेतृ तिमी
आफ्नो कुरा आसल ठान्ने
ठिक सवैलाई कमशल मान्ने
बोल्या कुरा फेर्दै हिड्ने
लेख्या कुरा केर्दै हिड्ने
एक्लै खाने मान्छे तिमी
लोभी पापी भान्छे तिमी
देश भक्तिको भाषण कोर्ने
ढुकुटीको साँचो फोर्ने
कलियुगका केटा तिमी
यो देशका नेता तिमी
हाक्का हाक्की घुष खानी
तिम्रै सन्तान विदेश जानी
डाडुपन्यू तिमैे हातमा
ठुलाबडा सधैं साथमा
कलियुगका केटा तिमी
यो देशका नेता तिमी

Ramesh Shrestha ra Unka Bimba Kabitaharu



राष्ट्रिय कला परिसद् रमेश श्रेष्ठ उनका विम्व कविताहरु

मान्छेहरु आफ्नै सुरमा तँछाड मछाड गर्दै थिए टुडीखेलमा क्रिकेट खेल्ने केटाहरु खेल घामको दोहोरो मजा लिइरहेका थिए बदाम खाँदै घाम ताप्नेको संख्या पनि कम थिएन काठमाण्डौबाट देखिने हिमालहरुको दृश्य पोखरामा माछापुच्छ« अनि अन्नपुर्णको श्रृखला जस्तो मनमोहक भने देखिदैन तरपनि शुक्रबारको त्यो दिन हिमाल आफ्नो धुमिल स्वरुपमै भएपनि मुस्काईरहेको थियो हुन हिमाल आफैमा धमिलो कहाँ हो ? धुमील यसलाई मान्छेले बनाएका हुन् अनि हामीले पुजा गर्ने गरेको विज्ञानले पनि कुरोको चुरो मा नपसी भुमिकामा अल्झीयो भनेर मलाई गाली नगर्नु होला किनकी कुनै कार्यक्रममा अनुभव गरेको अनुभवकै विवेचना हो यो
राष्ट्रीय कला परिसदमा सभासद रविन्द्रराज अधिकारीलाई भेट्नु पर्ने काम थियो दिनको ठिक दुई बजे सभासदले बोलाएको ठाँऊमा पुगें  थाहा पाएँ कला परिसद मा पोखरेली कवि रमेश श्रेष्ठ (कला परिसद् मै सुने अनुसार भनौं ? –विम्वकवि) को कविता संग्रहअक्षरको खेतको विमोचन कार्यक्रम रहेछ सभासद पनि त्यहि कार्यक्रममा अतिथीको आमन्त्रण पाएर जानुभएको रहेछ पोखरा छँदैखेरी रमेशका थुप्रै कविताहरु सुनेको थिएँ अनि उनले कोरेका थुप्रै पुस्तकआवरण चित्र हेरेको थिएँ सभासदले मलाई कार्यक्रममा सँगै जान भन्नुभयो अनिमन्त्रित थिएँ तै पनि पोखरेली कविको पुस्तक विमोचन केहि पोखरेली परिचित अनुहार देख्न पाइन्छ कि भन्ने आशमा संकोच मान्दै कार्यक्रम हल तिर पसें कार्यक्रममा केहि मात्रै पोखरेली अनुहारहरु देखें तर पोखरालाई धेरै माया गर्ने पोखरालाई नै कर्मथलो मान्ने रमेशको आमन्त्रण नपाएर हो या उनिहरुकै समय अभावले हो पोखराको प्रमुख साहित्यहस्तीहरु सरुभक्त, प्रकट पंगेनी लगायतका अन्य जो राष्टकै साहित्यीक चर्चामा पर्छन उनिहरुको उपस्थिती देखिन मैले त्यो बारेमा रमेशसँग सोध्ने हैसियत पनि राखीन मैले प्रमुख अतिथी सभामुख सुवास चन्द्र नेम्वाङ्ग हुनुहुन्थ्यो हतार हतारमै राखेको भएपनि नेम्वाङ्गको मन्तव्य वजनदार थियो
जिन्दगीमा मैले देखेका दुई प्रमुख बाटाहरु रमेशको अगाडीअगाडी देखिन्छन् एक उनि चित्रकार अर्को शब्दलिपी सँग खेल्ने मान्छे (कवि) तर रमेशले अपनाएको एउटामात्रै राजमार्ग मसी नै हो मसीकै राजमार्गमा हिड्दा उनि चित्रको परिकल्पना गर्छन साथसाथै शब्दहरुको अनुभुती पनि राष्ट्रिय कला परिसदमा उनले कविता वाचन गर्दा सभामुखले आनन्द मान्दै टाउको हल्लाउनु भएको थियो केहि अरु थिए उनिहरुपनि रमाइरहेका थिए त्यो बेला पोखराका थुर्पै साहित्यकार स्रोता हरु लाई सम्झीएँ जसले पोखरामा रमेशलाई औधी माया दिन्थे अभाव थियो त्यहि आफ्नो पनको अनि आफैलाई गुमाएका आफ्ना मान्छेहरुको
पुष्तकका समालोचक डा. गोविन्द राज भट्टराई आफुले निकै मिहेनत गरेर तयार पारेको पाँच पृष्ठ लामो समालोचना पढेर सुनाउनुभयो स्रोता दर्शकहरु बस्ने ठाउँको पछाडीपट्टि बसेर मैले मान्छे हेर्ने कसले कस्तो बोल्छ राम्रोसँग सुन्ने काम गरें समालोचकले गरेका केहि टिप्पणीहरुमा भित्र भित्रै हाँस्न थालें बास्तवमै समालोचक कृतीको भन्दा कृतीकारको बढी समालोचना गर्दै हुनुहुन्थ्यो साहित्यको कम समालोचक हुन सक्छु तर असल पाठक भने पक्कै हुँ सँग समालोचनाको छुट्टै परिभाषा समालोचनाका त्र्रmममा समालोचकले सिर्जनालाई बढी अध्ययन गर्नुपर्छ कि सर्जकलाई सर्जकलाई हेरेर गरीने सिर्जनाको विवेचनामा पक्षपात हुने बढी सम्भावना हुन्छ एक अर्थमा भन्दा पाठक ठगिन सक्छन अर्को अर्थमा सिर्जनाले पाउनु पर्ने जुन उत्तम मुल्य हो त्यो नपाउन सक्छ
रमेशलाई पढ्ने मेरो बाटो धेरै फरक एकपटक उनले पाठ गरेका केही कविता भएको सीडी पाएको थिएँ त्यो उनलाई चिन्ने अर्को अवशर थियो उनि बहुआयामीक व्यक्ति हुन, यसमा कुनै शंका गर्नु प्रतिभा दक्षताको अपमान गर्नु हो प्रतिभाको अबमुल्यन गर्न कुनै हदमा हुन्न
 कार्यक्रमको समापन पछि पचास रुपैयाँ तिरेर मैले रमेशको कृतिअक्षरको खेतलिएँ त्यो मुल्य पुष्तकको वास्तविक मुल्य भन्दा अति कम थियो बेलुका ओछ्यौनामा मैले पुष्तकका पानाहरुमा नजर लगाएँ कहिँ आँखा रहस्यमा हराए कहिँ विम्वहरु विच लरखराए विम्वै विम्वका विच विर्सीए आफुलाई अनि विर्सीएँ कविलाई पनि पुष्तक पढेर सकेपछि मैले सोचेँ आखिर अध्ययन अवधिभरमा मैले कविलाई एक पटक मात्रै सम्झिएछु वास्तबमै भन्दा यो कविको आन्तरीक कला हो वा अन्य केहि नै जसले पाठकलाई आफ्नै बारेमा बिर्साइदीन्छ कवि स्वयंकै बारेमा पनि
हरेक मृत्युमा
आजभोली मृत्यु छैन
आफ्नै मृत्यु भएर
ओठमा नाचिरहने प्रिय मृत्यु छैन,
बारम्बार मरिरहने मृत्युलाई
मेरो कविता
स्वीकार्न सक्दैन मृत्यु
अक्षरको खेत
कविताका श्रखंलाहरुमा कवि यसरी नै पोखिन्छन प्रथम पटकको अध्ययनमा कविलाई बुझ्न सकिन्छ कवितालाई नै मैले कतिपटक दोस्रो अध्ययनमा मात्रै रस पाएँ उनले प्रयोग गर्ने विम्वहरु ले कहिँ कहिँलोन्जाइनसले भनेकोसब्लीमीटीप्रत्यानुभुती गराइरहेका हुन्छन
सपनाका खुट्टाहरु हुँदैनन्
उनिहरु
नींदका पैतालाहरु टेकेर
उडिरहन्छन् एक उडान
अनन्त उडान
नींदका पैतालाहरु टेकेर
सपना जीवनका बारेमा आजसम्म थुप्रै ठेलीहरु लेखिएका छन् तर सपनाको वास्तविकता हुन्छ नै यस्तो बुभ्m सकिन्छ नकार्न नै सकिन्छ जे होस् सपना सपना हो सपनापुर्ण नै हुन्छ खुट्टा नहुने सपनाहरु नींदका पाइला टेक्दै जहाँ पनि पुग्छन यहाँ कविको सपना रहस्यको गाँठो त्यती सजीलै फुस्कीएको छैन बुझ्नलाई अर्को उस्तै कवि मन चाहिन्छ यो नै उनका कविताको जटिलता हो, अर्को अर्थमा विशेषता पनि
एकदिन
तलाउ सुक्यो
तलाउको आँखामा मैले
मरुभुमीको आकाश देखें।
लोककथाको तलाउ
कविताका यी पत्तिंmहरु सम्म आइपुग्दा कविको विम्म प्रयोग गर्ने तरीकाहरु धेरै थोरै परीचित लाग्छन अनि कविताभरी विम्व पोखिए हुन्थ्यो झैं लाग्छ उनका कवितामा विम्व बढी पाइनुको कारण उनलाई उनको लामो अमुर्त चित्रकारीताले सिकाएको अनुभव हो उनि चित्रलाई शब्द बनाउँछन् शब्दलाई चित्र त्यसैले उनका कवितामा अर्मुत चित्र पाइन्छन् उनका अर्मुत चित्रहरुमा विम्वात्मक कविता पाइन्छन् जहाँ पुग्दैन रवी त्यहाँ पुग्छ कवि जहाँ पुग्दैन कवि त्यहाँ पुग्छ अनुभवी यो भनाई जस्तै रमेशलाई उनको अनुभवले अझ धेरै कवित्व प्रदान गरोस् जिवनका विभीन्न शब्द चौतारीहरुमा रमेश श्रेष्ठलाई भेट्न पाइयोस् अनि सुन्दर क्यानभासहरुमा उनलाई अनुभुत गर्न पाइयोस्

Madeera ko Sajha K Lai Vo



मदिराको साँझ के लाई भो

आफैलाई भुलेकोे पल आज के लाई भो
बेजत गर्यौ सबै सामु लाज के लाई भो

उमङ्गका रहर मरे खुसी सबै पाखा तरे
मताईदिने मदिराको सा के लाई भो

बरालीङ्गदै एक्लै हिँड्ने विछोडले होस गुम्ने
एक्लो जङ्गल एक्लो राज के लाई भो

टुटे फुटे रहरहरु उजाडीए सहरहरु
छैन छेउ छाउ कतै माझ के लाई भो

सुके खा झुके शिर मनैभरि पीरै पीर
उजाडीए बसन्त मेरा बहार के लाई भो

जताततै घावै घाऊ काडै काडा बिजेका पाऊ
बाच्न दिन्नभन्ने तिम्रो प्रहार के लाई भो

Ending part of my novel "Yuddhavitraka Mastiska"



गुमेको वर्तमान भेटीएको विगत
जियना तिम्रो खोजीमा हराएको मान्छे हु‘, मात्र सपना संगाल्न सक्छु अतित अंगाल्न सक्छु हावामा तिमीलाई बगेको देख्छु , रोक्न खोज्छु, ऑखाभरी धुलो पर्छ अनि तिमी हराउछ्यौ मेरो दृश्य परिधीबाट
कुनै कुनै रात बिहानसम्मै रोएर बस्छु , तिमी ऑशु बनि बगीदिन्छ्यौ, फेरि केहीबेर मै खुसि हुन खोज्छु कि तिमी मेरो ऑखाको बाटो हुदै बगेकोमा बगेर चिउडोसम्मै आइपुग्ने तिम्रो मायालाई औंलाहरुले पुछ्ने गर्छु
भाग्यको भुमरीमा घुमाइएको मान्छे, तिमीलाई पनि घुमेको देख्छु सारा आकाश धर्ती सबै परिबेश तिमीसगै घुमीरहेको फरक यत्ती मात्र हो कि तिमी अदृश्य दृश्य बनेर घुम्छ्यौ अरु सबै दृश्य अदृश्य बनेर घुम्छन् त्यसैले तिमीलाई धेरै नजीक पाउछु
तिमी हावामा पाइलाहरु टेक्ने गछर््यौ, जमीनमा पाइला राख्ने गर्छु तिमीले जमीनमा पाइला टेक्न चाहिनौ हावामा टेक्न सक्तिन त्यसैले तिमी उड्नु पर्छ हिड्नु पर्छ हावाको बेगले तिमीलाई बगाउने गर्छ, तिमीलाई भेट्न धर्तीमा दौडनु पर्ने हुन्छ तिम्रो उडाई मेरो हिडाई मिल्दैन तिमी पर गएर पर्खी बस, मेरा पैतालाहरु रहुन्जेल सम्म हिड्ने छु , तिमीलाई भेट्नको लागि
आऊ तिमी मेरो उजाड ह्दयमा बसन्त बनेर, मरभूमीको तलाऊ अनि गुलावको बास्ना बनेर सयौं जुनिदेखि बचत गरी राखेको पे्रम पोख्न नपाएर आधा पागल बनिसकेको छु तिम्रो आगमनमा बाटोभरी पूm छर्नेछु तिमी आऊ, गै एउटा हुरी लीएर सारा दुःख दर्द उडेर जानेछन् अनि तिमी एउटा मानव विहीन आदर्श संसारमा रम्ने छौं हामीलाई कोहिले पनि देख्ने छैनन् हाम्रो छॉयालाई उनीहरु वास्तविकता भनेर गिज्याउने छन्
चॉडै आऊ तिमीलाई कुरीरहेको छु हुनत पनि तिमी भएको ठाउमा गए हुने हो, तर, मलाई त्यो बाटो थाहा भएन, खै तिमी कुन बाटो भएर गयौ ? जेहोस्, तिमी चॉडै आऊ मलाई बाटो देखाऊ, तिम्रो हात समाई गै पाइलाहरु चाल्ने छु
सपनामा पनि ओडारहरुमा जाने गर्छु  कहिले मसान घाटको बगरमा खाली पैतालाले डढेका अँगारहरु टेकेर हिड्ने गर्छु मेरा पाइलाहरु सपनाहरुले तिमीलाई तर्साउदैनन् होला, त्यसैले तिमी मौन बतास बनेर आऊ धुलो बनिसकेको छु मलाई उडाएर लग
रातका प्रत्येक प्रहरहरु मेरा एकान्त प्रहरहरु हुन् मलाई यिनै चिसा रातहरु मन पर्छन यी रातहरु, यी प्रहरहरु तिम्रो संझनामा बिताइरहेको हुन्छु त्यसैले
जून देख्दा तिमीलाई संझन्छु पहिलो पटक मैले तिमीलाई जुनेली रातमा नै देखेको हु तिमी सॉगुरो गल्लीमा गाउदै हिडेकी थियौ सेतो छॉयाको पछि , खै π कुन आशाले पछ्याएको थिए मेरो चाहनाले गर्दा मेरो घेरा उजील्याउन चाहन्थे तिम्रा तिखा शब्द गितहरु सुन्न चाहन्थें
बर्षातको झरिमा पनि रुझिरहें ठुलो तिर्खा लिएर तर तिमी क्षितीजसरी दुर भयौ वेदनाले छट्पटाइरहें, विश्वासले खोजीरहें, दुखाईले रोइरहें तर, तिमी मेरो ऑखाबाट रगत बग्दासम्म मलाई भेट्न आइनौ के मेरो दुखाईलाई तिमीले झुट्टा ठानेको ? तर, मेरो मुटु टुक्रिसकेको
कहिले कॉहि होस्मै पनि बेहोस् हुन्छु अनि रक्सीको नशा मेरो साथी बन्छ हीजोसम्म हातहरु थिए, एउटा सीङ्गो मुटु थियो तर, आज सबै टुक्रिएका छन् अपाङ्ग छु मेरो सुनौलो आज छैन रमाइलो भोली पनि छैन तर, पिडा कसैलाई देखाएको छैन‘, बरु, भित्र भित्रै जलिरहेको छु
प्रत्येक अर्धचन्द्र देखिएको रातमा तिम्रो पुर्णीमा झैं मुहार संझन्छु अनि मेरो यादको भट्टीभित्र ति मीठा पलहरु यो नशाको साथी बनाउछु तिमीलाई भेट्ने आशा घटेदेखि मैले यो रक्सीको नशा लिंदै आएको छु माफ गर, यदि तिमीले मलाई हेरीरहेकी छौ भने कहिले चुरोट कहिले रक्सी मैले मेरो दिमागी नशामा बगाएको छु
 अरुहरु मदिरा मदिरा पिउछन, मदिरा जहर पिउछु, मेरा सोचाईहरु, मेरा भोगाईहरु, मेरा स्मिृती, विस्मृती, विगत वर्तमान सबै मेरा मदिरा हुन् पिउछु तिनलाई मात्तिन्छु यसै मेरो मताई भिन्न , किनकी दिमागभरी तिमी आउछ्यौ, मदिरा उनै विगतहरु, सितन मेरा पीडाहरु
ब्युझिएका सपना निद्राविहीन प्रहरहरु ऑशुले भिजेको सिरानीमा आडलागि उही तिम्रो मुहार खोजीरहेछु छट्पटीले गर्दा रातमा हिड्ने गर्छु के जंगल, के चिहान के घाट जहॉतहिपुग्ने गर्छु चिहान माथि सुत्ने गर्छु त्यहिघॉसमा रहेको सित खानेगर्छु हुनसक्छ , अहिले मेरा यी व्यवहारहरुको तिमीलाई त्यहॉ कुनै पर्वाह छैन होला मलाई झन् दैछैन
सायद, तिमी देख्छ्यौ होला मलाई भुतको डर लाग्दैन, किनकी पनि मरेको मान्छे मलाई लाग्यो, पनि त्यहि दिन मरेछु जून दिन तिमी मर्यौ तिमी मर्यौ मेरो लाश चितामा राखियो मर्यौ तिमी जले तिमी केहिबेर जल्यौ निभ्यौ, तर, पलपल जलिरहे आजसम्म पनि निभेको छैन निभ्ने आशा पनि देख्दिन हामी दुबै मर्यौं फरक फरक मृत्यु
मरेर तिमी टाढाको संसारमा गयौ मरेर यहि संसारमा यिनै चिसा रातहरु बिताउन थालें किनकी तिम्रो मेरो मृत्यु फरक थियो तिमी मरेर ¥यौ बॉचेर मरें तर, मर्दिनौ तिमी मेरालागि
 चाहें, अनि प्रत्येक पल मरें, प्रत्येक गल्लीमा मरें, प्रत्येक दोबाटोमा पनि तर, मैले तिमी गएको बाटो देखिन दोबाटो मै छुट्टिएछौं हामी फर्कन सकें अघी बढ्न नै किन तिमी नटेकीएको बाटोमा आप्mना पाइलाहरु मेट्दै देखि टाडा भाग्यौ ? तिमीलाई मेरो माया लागेन ?
खै कस्तो चाहत हो, थाहा छैन, तिमीलाई भेटेर लामो समय रुन मन यो जीवन तिम्रो संझनाको एक टुक्रामै भुलाईदिन सक्छु सारा खुसीहरु मात्रै तिम्रो यादमा भुल्न सक्छु त्यसैले पनि आजभोली मलाई अरुले भन्ने गरेको खुसि मन पर्दैन, एक पलको वर्तमान मनपर्दैन मलाई मेरो जिवनको लामो विगत मनपर्छ वर्तमानमा विगत बॉच्छु
तिमीले मरेदेखि तिमीलाई झनै मन पराउदै गएको छु प्रत्येक दिन बित्दै जान्छ, तिमीलाई भेट्ने चाहना बढ्दै जान्छ सॉच्चि हो, त्यहि एउटा झुटो आशा लिएर यो मृत्यु झैं जीवन भोगीरहेको छु
तिमी बिच लामो दुरी खडाभयो, त्यो दुरी घटाउन मैले आत्महत्या गर्नुपर्छ वा तिमी मृत्युलाई जितेर फेरि जीवनमा फर्कनु पर्छ मलाई लाग्छ मैले आत्महत्या गरें भने तिमीलाई देख्छु तर, मलाई डर लाग्छ कि मरें त्यसपछि पनि तिमीलाई देखिनभने सॉच्चि के गर्ने छु ? कमसेकम अहिले मस ति यादहरु छन् यदि मरें भने मसगै ति यादहरु पनि मर्नेछन् मलाई माफ गर मेरो यादमा भएकी तिमीलाई फेरि मार्न चाहन्न बरु, यो जीवन पुरै रोएर सक्नुमा ज्यादा पिडा हुदैन माफ गर, तिमीले गरे झैं आत्महत्या नगर्ने भए चाहिनमेरो झुट्टो मृत्युको झुट्टा मलामीको लस्कर