जियना म तिम्रो खोजीमा हराएको मान्छे हु‘, मात्र सपना संगाल्न सक्छु र अतित अंगाल्न सक्छु । हावामा तिमीलाई बगेको देख्छु , रोक्न खोज्छु, ऑखाभरी धुलो पर्छ अनि तिमी हराउ‘छ्यौ मेरो दृश्य परिधीबाट ।
कुनै कुनै रात म बिहानसम्मै रोएर बस्छु , तिमी ऑशु बनि बगीदिन्छ्यौ, फेरि केहीबेर मै खुसि हुन खोज्छु कि तिमी मेरो ऑखाको बाटो हु‘दै बगेकोमा । बगेर चिउ‘डोसम्मै आइपुग्ने तिम्रो मायालाई म औंलाहरुले पुछ्ने गर्छु ।
भाग्यको भुमरीमा घुमाइएको मान्छे, म तिमीलाई पनि घुमेको देख्छु । सारा आकाश धर्ती र सबै परिबेश तिमीस‘गै घुमीरहेको छ । फरक यत्ती मात्र हो कि तिमी अदृश्य दृश्य बनेर घुम्छ्यौ अरु सबै दृश्य अदृश्य बनेर घुम्छन् । त्यसैले म तिमीलाई धेरै नजीक पाउ‘छु ।
तिमी हावामा पाइलाहरु टेक्ने गछर््यौ, म जमीनमा पाइला राख्ने गर्छु । तिमीले जमीनमा पाइला टेक्न चाहिनौ म हावामा टेक्न सक्तिन‘ । त्यसैले तिमी उड्नु पर्छ र म हि‘ड्नु पर्छ । हावाको बेगले तिमीलाई बगाउने गर्छ, म तिमीलाई भेट्न धर्तीमा दौडनु पर्ने हुन्छ । तिम्रो उडाई र मेरो हि‘डाई मिल्दैन । तिमी पर गएर पर्खी बस, म मेरा पैतालाहरु रहुन्जेल सम्म हि‘ड्ने छु , तिमीलाई भेट्नको लागि ।
आऊ तिमी मेरो उजाड ह्दयमा बसन्त बनेर, मरभूमीको तलाऊ अनि गुलावको बास्ना बनेर । सयौं जुनिदेखि बचत गरी राखेको पे्रम म पोख्न नपाएर आधा पागल बनिसकेको छु । तिम्रो आगमनमा म बाटोभरी पूmल छर्नेछु । तिमी आऊ, स‘गै एउटा हुरी लीएर । सारा दुःख दर्द उडेर जानेछन् अनि तिमी र म एउटा मानव विहीन आदर्श संसारमा रम्ने छौं । हामीलाई कोहिले पनि देख्ने छैनन् । हाम्रो छॉयालाई उनीहरु वास्तविकता भनेर गिज्याउने छन् ।
चॉडै आऊ म तिमीलाई कुरीरहेको छु । हुनत म पनि तिमी भएको ठाउ‘मा गए हुने हो, तर, मलाई त्यो बाटो थाहा भएन, खै तिमी कुन बाटो भएर गयौ ? जेहोस्, तिमी चॉडै आऊ र मलाई बाटो देखाऊ, म तिम्रो हात समाई स‘गै पाइलाहरु चाल्ने छु ।
म सपनामा पनि ओडारहरुमा जाने गर्छु त कहिले मसान घाटको बगरमा खाली पैतालाले डढेका अँगारहरु टेकेर हि‘ड्ने गर्छु । मेरा पाइलाहरु र सपनाहरुले तिमीलाई तर्साउ‘दैनन् होला, त्यसैले तिमी मौन बतास बनेर आऊ म धुलो बनिसकेको छु । मलाई उडाएर लग ।
रातका प्रत्येक प्रहरहरु मेरा एकान्त प्रहरहरु हुन् । मलाई यिनै चिसा रातहरु मन पर्छन । यी रातहरु, यी प्रहरहरु म तिम्रो संझनामा बिताइरहेको हुन्छु त्यसैले ।
म जून देख्दा तिमीलाई संझन्छु । पहिलो पटक मैले तिमीलाई जुनेली रातमा नै देखेको हु‘ । तिमी सॉगुरो गल्लीमा गाउ‘दै हिडेकी थियौ । सेतो छॉयाको पछि , खै π म कुन आशाले पछ्याएको थिए‘ । मेरो चाहनाले गर्दा म मेरो घेरा उजील्याउन चाहन्थे‘ । तिम्रा तिखा शब्द गितहरु सुन्न चाहन्थें ।
बर्षातको झरिमा पनि रुझिरहें ठुलो तिर्खा लिएर तर तिमी क्षितीजसरी दुर भयौ । वेदनाले छट्पटाइरहें, विश्वासले खोजीरहें, दुखाईले रोइरहें । तर, तिमी मेरो ऑखाबाट रगत बग्दासम्म मलाई भेट्न आइनौ । के मेरो दुखाईलाई तिमीले झुट्टा ठानेको ? तर, मेरो मुटु टुक्रिसकेको छ ।
म कहिले कॉहि होस्मै पनि बेहोस् हुन्छु अनि रक्सीको नशा मेरो साथी बन्छ । हीजोसम्म हातहरु थिए, एउटा सीङ्गो मुटु थियो । तर, आज सबै टुक्रिएका छन् । म अपाङ्ग छु । मेरो सुनौलो आज छैन र रमाइलो भोली पनि छैन । तर, पिडा कसैलाई देखाएको छैन‘, बरु, भित्र भित्रै जलिरहेको छु ।
प्रत्येक अर्धचन्द्र देखिएको रातमा तिम्रो पुर्णीमा झैं मुहार संझन्छु । अनि मेरो यादको भट्टीभित्र ति मीठा पलहरु यो नशाको साथी बनाउ‘छु । तिमीलाई भेट्ने आशा घटेदेखि मैले यो रक्सीको नशा लिंदै आएको छु । माफ गर, यदि तिमीले मलाई हेरीरहेकी छौ भने कहिले चुरोट कहिले रक्सी मैले मेरो दिमागी नशामा बगाएको छु ।
अरुहरु मदिरा मदिरा पिउ‘छन, म मदिरा जहर पिउ‘छु, । मेरा सोचाईहरु, मेरा भोगाईहरु, मेरा स्मिृती, विस्मृती, विगत वर्तमान सबै मेरा मदिरा हुन् । म पिउ‘छु तिनलाई र मात्तिन्छु यसै । मेरो मताई भिन्न छ , किनकी दिमागभरी तिमी आउ‘छ्यौ, मदिरा उनै विगतहरु, सितन मेरा पीडाहरु ।
ब्यु‘झिएका सपना र निद्राविहीन प्रहरहरु ऑशुले भिजेको सिरानीमा आडलागि उही तिम्रो मुहार खोजीरहेछु । छट्पटीले गर्दा म रातमा हिड्ने गर्छु । के जंगल, के चिहान र के घाट म जहॉतहि‘ पुग्ने गर्छु । चिहान माथि सुत्ने गर्छु । त्यहि‘ घॉसमा रहेको सित खानेगर्छु । हुनसक्छ , अहिले मेरा यी व्यवहारहरुको तिमीलाई त्यहॉ कुनै पर्वाह छैन होला । र मलाई त झन् छ‘दैछैन ।
सायद, तिमी देख्छ्यौ होला । मलाई भुतको डर लाग्दैन, किनकी म पनि मरेको मान्छे । मलाई लाग्यो, म पनि त्यहि दिन मरेछु जून दिन तिमी मर्यौ । तिमी मर्यौ मेरो लाश चितामा राखियो । मर्यौ तिमी जले‘ म । तिमी त केहिबेर जल्यौ र निभ्यौ, तर, म पलपल जलिरहे‘ र आजसम्म पनि निभेको छैन‘ । र म निभ्ने आशा पनि देख्दिन‘ । हामी दुबै मर्यौं फरक फरक मृत्यु ।
मरेर तिमी टाढाको संसारमा गयौ । मरेर म यहि संसारमा यिनै चिसा रातहरु बिताउन थालें । किनकी तिम्रो र मेरो मृत्यु फरक थियो । तिमी मरेर म¥यौ म बॉचेर मरें । तर, मर्दिनौ तिमी मेरालागि ।
चाहें, अनि प्रत्येक पल मरें, प्रत्येक गल्लीमा मरें, र प्रत्येक दोबाटोमा पनि । तर, मैले तिमी गएको बाटो देखिन‘ । दोबाटो मै छुट्टिएछौं हामी । न फर्कन सकें न अघी बढ्न नै । किन तिमी नटेकीएको बाटोमा आप्mना पाइलाहरु मेट्दै म देखि टाडा भाग्यौ ? तिमीलाई मेरो माया लागेन ?
खै कस्तो चाहत हो, थाहा छैन, तिमीलाई भेटेर लामो समय रुन मन छ । यो जीवन तिम्रो संझनाको एक टुक्रामै भुलाईदिन सक्छु । सारा खुसीहरु मात्रै तिम्रो यादमा भुल्न सक्छु म । त्यसैले पनि आजभोली मलाई अरुले भन्ने गरेको खुसि मन पर्दैन, एक पलको वर्तमान मनपर्दैन । मलाई मेरो जिवनको लामो विगत मनपर्छ । म वर्तमानमा विगत बॉच्छु ।
तिमीले मरेदेखि म तिमीलाई झनै मन पराउ‘दै गएको छु । प्रत्येक दिन बित्दै जान्छ, तिमीलाई भेट्ने चाहना बढ्दै जान्छ । सॉच्चि हो, त्यहि एउटा झुटो आशा लिएर यो मृत्यु झैं जीवन भोगीरहेको छु ।
तिमी र म बिच लामो दुरी खडाभयो, र त्यो दुरी घटाउन मैले आत्महत्या गर्नुपर्छ वा तिमी मृत्युलाई जितेर फेरि जीवनमा फर्कनु पर्छ । मलाई लाग्छ मैले आत्महत्या गरें भने तिमीलाई देख्छु । तर, मलाई डर लाग्छ कि म मरें र त्यसपछि पनि तिमीलाई देखिन‘ भने सॉच्चि के गर्ने छु ? कमसेकम अहिले मस‘ग ति यादहरु त छन् । यदि मरें भने मस‘गै ति यादहरु पनि मर्नेछन् । र मलाई माफ गर मेरो यादमा भएकी तिमीलाई फेरि मार्न चाहन्न‘ । बरु, यो जीवन पुरै रोएर सक्नुमा ज्यादा पिडा हु‘दैन । माफ गर, तिमीले गरे झैं आत्महत्या नगर्ने भए‘ । चाहिन‘ मेरो झुट्टो मृत्युको झुट्टा मलामीको लस्कर ।